मालपोत कार्यालयको गाडी दुर्घटना, ३ जना घाइते

उदयपुर। मालपोत कार्यालयको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका–७ मा मंगलबार दुर्घटना भएको हो।

उदयपुरगढीबाट जिल्ला मालपोत कार्यालय बोक्सेतर्फ आउँदै गरेको स १ झ ४८५ नंवरको सुमो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक उदयपुरको त्रियुगा–७ का ४८ वर्षीय जीतबहादुर कार्की, मालपोत कार्यालयका खरिदार ४० वर्षीय तेजनारायण साह, उदयपुरगढी– ५ की ४२ वर्षीया सरिता भण्डारी घाइते भएका हुन् । विराटनगरस्थित न्युरो अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मालपोत कार्यालय प्रमुख ढुगेन्द्र बरालसहित ८ जना कर्मचारी र २ जना स्थानीय चढेको गाडी जग्गाको मुल्याङ्कन छुट्याउनको लागि उदयपुरगढी पुगेर फर्कने क्रममा सडकमा रोकिएको थियो । शौच गर्न उक्त स्थानमा गाडीबाट ६ जना बाहिर निस्किएका बेला गाडी असन्तुलित भइ पल्टिएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *