पोखरीमा डुबेर २ जना बालकको मृत्यु
प्रतीकात्मक तस्बिर
झापा। पोखरीमा पौडी खेल्दा डुबेर शनिबार बिहान २ जना बालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका-११ स्थित नमुना सामुदायिक वनभित्र रहेको दिमदिमे पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार तेह्रथुम जिरीखिम्ती घर भइ अर्जुनधारा-११ स्थित पूर्णबहादुर राईको घरमा पाहुना आएकी धनमाया गुरुङका छोरा १२ वर्षीय महसुस गुरुङ र अर्जुनधारा-११ की मुना गुरुङका छोरा १० वर्षीय सुजल गुरुङको मृत्यु भएको हो।
उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उद्धार गरेर उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको खड्काले बताए।
प्रतिक्रिया
