बसको ठक्करले मोटरसाइकलमा सवार युवकको मृत्यु
झापा। बसको ठक्करले झापाको दमकमा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार राति दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मे १ ख ३०२७ नम्बरको बसले ठक्कर दिँदा प्र–१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकलमा सवार दमक–४ का मिलन थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि आर्या न्यूरो अस्पताल विराटनगर लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बस चालक झापाको गौरादह–४ का सरकार टुडुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया
