गोली हानी पाकिस्तानी टिकटकरको हत्या

काठमाडौ । पाकिस्तानी राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ। १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो। सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन्।

सोमबार साँझ इस्लामावादस्थित उनको घरमा अज्ञात व्यक्ति प्रवेश गरी हत्या गरेको बीबीसीले उल्लेख गरेको छ। इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै जाहेरी दिएकी छन्।

प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्ति अचानक पसेर छोरीको छातीमा दुई गोली प्रहार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। गोली लागेर घाइते भएकी सनालाई उपचारका लागि अस्पताल लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको जनाइएको छ।

घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेकोले चाँडै पक्राउ पर्ने प्रहरीले दाबी गरेको छ। अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए। उनका आमाबुबा घरमा उपस्थित नभएको बुझेपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो।

उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्। उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको छ।

टिकटक लाइभ गरिरहेका बेला गोली हानी हत्या


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *