राष्ट्रिय शिक्षा सम्मेलन जनकपुरमा

जनकपुर। मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ।

शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारीले पत्रकार सम्मेलन मार्फत् असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन्।

उनले प्रदेश र देशको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने दिशामा नयाँ बहस र मार्ग चित्रको सुरुवात गर्ने उद्देश्यले सम्मलेन गर्न लागेको जानकारी दिइन्।

मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु, सम्भावनामाथि छलफल, अभ्यास आदानप्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरु निर्माण गर्न सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन्।

सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरु, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरु, संघीय संसदको शिक्षातथा स्वास्थ्य समितिका सदस्यहरु, विश्वविद्यालय, अनुसन्धान संस्था र शिक्षा विज्ञहरु, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाजहरुको सहभागिता हुने जनाइएको छ ।

सम्मेलनले शिक्षा क्षेत्रमाक्रियाशील रहेका सरकारी निकाय, दातृ संस्था, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्था, नागरिक समाज र शिक्षाविद्हरुलाई एउटै साझामञ्चमा ल्याएर शिक्षा सुधारका पक्षहरुबारे छलफल गर्ने जनाइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *