सार्वजनिक यातायात ठप्प

काठमाडौं। यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक यातायात बन्द गरिएको हो। व्यवसायीले आफ्ना सवारी साधन ग्यारेजमै थन्क्याएको जनाएका छन्।

बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरुमा सार्वजनिक सवारी ठप्प छन्। सवारी साधन नचल्दा विभिन्न गन्तव्यमा पुग्नु पर्ने यात्रुहरु मर्कामा परेका छन्।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *