प्रधानमन्त्रीका लागि देउवाभन्दा सक्षम नेता पार्टीमा छन्ः गगन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाभन्दा पार्टीमा अरु धेरै जना नेता प्रधानमन्त्री चलाउन सक्षम रहेको बताएका छन्। ललितपुरमा आज शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ। पार्टी सभापति अबको १२–१५ महिनापछि प्रधानमन्त्री हुने भन्ने छ,’ थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा पार्टीभित्र अरु दर्जनौं मान्छे राम्रोसँग् प्रधानमन्त्री चलाउन सक्षम छन्।’

अर्को प्रसंगमा थापाले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने उनले बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने कि गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने थापाको भनाइ छ। राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन उनले चुनौती दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *