कोशीमा बग्दैबग्दै आयो २ सय किलो गाँजा

सुनसरी। सप्तकोशी नदीमा बग्दै गरेको ट्युबमा २ सय किलो गाँजा भेटिएको छ। शुक्रबार बिहान प्रहरीले उक्त गाँजा फेला पारेको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा पर्ने नदीमा बगिरहेको अवस्थामा गाडीमा प्रयोग हुने ट्युबमा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको टोलीले त्यस क्षेत्रमा गाँजा ओसारपसार भइरहेको खबर पाएर निगरानी गरेको थियो। त्यस क्रममा २ वटा ट्युबभित्र प्लास्टिकको बोरामा राखिएको गाँजा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार ट्युबमा ८ वटा बोरा फेला परेको थियो। गाँजा कसले त्यसरी नदीमा बगाउँदै ओसारेको हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *