निजी विद्यालयमा नेपाली बोल्दा हुने कारबारीको विषय अदालतमा

काठमाडौं। निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीमाथि हुने कारबाहीविरुद्ध विषय अदालतमा पुगेको छ। यसबारे परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुदुवाई हुँदैछ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज शुक्रबार उक्त रिट निवेदनको पेसी तोकिएको छ।

कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना तिराउने गरिएको भन्दै यस्तो कार्य संविधानविपरीत रहेको जिकिरसहित रिट दायर गरेका हुन्।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई उक्त रिटमा विपक्षी बनाइएको छ।

रिट दिने विद्यार्थीहरुका अनुसार निजी विद्यालयमा नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि अदालतलाई गुहार्नु परेको हो।

मापदण्डभन्दा बढी शुल्क असुल्छन् निजी विद्यालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *