संखुवासभामा ७२ दिनकी छोरीसहित महिला मृत फेला
विराटनगर। संखुवासभाको चैनपुरका आमाछोरी मृत अवस्थामा फेला परेका छन्। चैनपुर नगरपालिका –११ लुहाकोटका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी छोरी आफ्नै घरमा मृत अवस्था फेला परेका हुन्।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब १ बजेतिर आफ्नै घरको सुत्ने कोठाभित्र आमाछोरी मृत भेटिएका थिए।
स्थानीय सुरेन्द्र तामाङका अनुसार सीता चैनपुर नगरपालिका-१० स्थित धर्मदेवी आधारभूत विद्यालय कल्लेरीकी शिक्षिका हुन्।
उनीहरुको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया
