कास्कीमा १ घण्टाको अन्तरमा दोस्रोपटक भूकम्प
काठमाडौं। कास्की केन्द्रबिन्दु भएर आज फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ। करिब एक घण्टाको अन्तरमा अर्को भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो। लगातार भूकम्प जाँदा स्थानीय बासिन्दा त्रसित भएका छन्।
प्रतिक्रिया
