कास्कीको फुलिबाङमा भूकम्प
काठमाडौं। कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भनेका छन्। भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको उनीहरुको भनाइ छ।
प्रतिक्रिया
