दुई छोरीसहित महिलाको हत्या

काठमाडौं। बुटवलमा एक महिला र उनका दुई सन्तानको हत्या भएको छ। बुटवल उपमहानगरपालिका-११ होराइजनचोक नजिक घटना भएको हो।

अन्दाजी २७ वर्षीय दीपा बस्याल र दुई छोरीको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाले बताए।

उनीहरुमाथि घरेलु हतियार हेम्बर र चक्कु प्रहार भएको पाइएको प्रहरीले जनाएको छ।

छोरीहरू ७ र ४ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ। हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी महिलाका पूर्वपति हुन्। अर्कैसँग बिहे गरेर उनी बेग्लै बस्दै आएकी थिइन्।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *