बालिकालाई यौन दुर्व्यवहार गर्ने ४ जना पक्राउ

उदयपुर। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कटारी नगरपालिकाकी एक बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले कटारीकै २० वर्षीय नवीन श्रेष्ठ, २५ वर्षीय राजकुमार तामाङ, २० वर्षीय जीवन तामाङ र १९ वर्षीय पुजन श्रेष्ठलाई पक्राउ गरेको छ।

पीडितका परिवारले घटनाबारे जानकारी गराउँदै प्रहरीमा उजुरी दिएका थिए। त्यही आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर ७ दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *