‘निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामूलक बनाउनुपर्ने बताइन्।
उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्रालय तयारीका साथ छलफलमा नआएको भन्दै उनले अबको बैठकमा पनि यिनै विषयमा छलफल गरिरहने हो भने आजकै छलफल रेकर्ड गरेर सुनाइदिने कामबाहेक अन्य कुनै छलफल नहुने बताइन्।
उनले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन कति समय लाग्ने भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिइन्।

Private school collge ko Kuraa bujhera to institution baaremaa Kuraa raakhda raamro.
Uniharule krores of invest garekaa chhan.
1.Tyo investment ke Garne?
A. Government Le sampurna investment Ra Ghar jagako price dinuparyo.
2. Government school ko niyaman Garne , politics BAAT tadhaa rakhne Ra school ko need bamojim investment Garne taaki boarding school khojna naparos.