रवि लामिछाने छुट्लान्? केही बेरमा सर्वोच्चको आदेश आउँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा केही बेरपछि आदेश आउने भएको छ। आदेश आउनुअघि सर्वोच्च अदालत अगाडि पार्टी कार्यकर्ता र समर्थक भेला भएका छन्।

लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएसँगै आज शुक्रबारै आदेश आउने भएको हो। सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही कारागारमा छन्।

उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आजै सुनुवाइ सकिएको हो। उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो। त्यसविरुद्ध निकिताले रिट दायर गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *