काठमाडौंबाट आएको हायस उदयपुरमा दुर्घटना, ११ जना घाइते
उदयपुर। काठमाडौंबाट गाईघाट आउँदै गरेको हायस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा विद्युतीय सवारी साधन हायस दुर्घटना भएको हो।
काठमाडौंबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१–ज ००५८ नम्बरको हायस आइतबार अपराह्न ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतामाई गाउँपालिका–७ की ४५ वर्षीया पुष्पा खड्का गम्भीर घाइते भएकी छिन्। अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गम्भीर घाइते खड्कालाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपश्चात् न्यूरो अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए।
प्रतिक्रिया
