वर्षा गराउने प्रणाली सक्रिय, पूर्वतिर सर्दै
काठमाडौं। वर्षा गराउने बादल मौसमी प्रणालीमा विकसित भइरहेको छ। यस्तो प्रणाली खासगरी देशको पुर्वी भेगतिर बढी देखिएको मौसमविदहरुले जनाएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको हो।
त्यही प्रणालीका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
विभागले आइतबार सूचना जारी गर्दै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको पनि जनाएको छ।
विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा मध्यम तथा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको छ।
‘हाल देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ’, विभागले भनेको छ, ‘यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
