वैदेशिक रोजगारीमा ठगी : ४ हजार उजुरी, करोडौं क्षतिपूर्ति माग

काठमाडौं। १० महिनाको अवधिमा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी परेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८१ को साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा चार हजार २९३ उजुरी परेका हुन्।

ती उजुरीबाट ३० करोड तीन लाख ८९ हजार ६७५ रूपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ। तीमध्ये ४६० उजुरीमा मेलमिलाप गरिएको छ भने १६६ वटा उजुरी अदालतमा मुद्दा दायर गरिएको छ।

उजुरी दिनेहरूमा वैदेशिक रोजगारीमा ठगी भएको, विदेशमा सम्झौता अनुसार पारिश्रमिक नपाएको, राहत तथा उद्धार लगायतका छन्।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फट्र्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकल छुट्टै निर्देशिका तथा कार्यविधि तर्जुमा गर्न लागिएको बताए।

उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र पीडितबीचमा छलफलको लागि प्राथमिकता निर्धारणको आधारमा समय तय गरी छलफल गरिने उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *