हुरीले घर भत्काउँदा किचिएर वृद्धको मृत्यु
झापा। हावाहुरीले घर भत्काउँदा हल्दिबारीमा १ जनाको मृत्यु भएको छ। हुरीले भत्काएको घरले किचिएर हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको बुधबार राति मृत्यु भएको हो।
हुरीले उनको कर्कटपाताको छानो भएको घर भत्काएको थियो। त्यस क्रममा बिमले किचिएर मगरको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
घर भत्किएपछि गाउँलेले उनलाई बिमले किचिरहेको अवस्थामा देखेर उद्धार गरी प्रहरीमा खबर गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
