चट्याङ लागेर १ जनाको मृत्यु, ३ गम्भीर
सांकेतिक तस्बिर
संखुवासभा। चैनपुरमा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार चैनपुर नगरपालिका-८ मानेडाँडामा परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो।
हावाहुरीसँगै बुधबार अपराह्न परेको चट्याङले घरमै बसिरहेका बेला उनलाई लागेको थियो। गम्भीर घाइते तामाङलाई प्राथमिक उपचार केन्द्र लगिएको थियो।
संखुवासभाका निमित्त प्रहरी प्रमुख एवं इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार केन्द्रका चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए।
चट्याङले लागेर १५ वर्षीय प्रतीक तामाङ, १९ वर्षीय रिजन तामाङ र ४२ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।
प्रतिक्रिया
