भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा नेपालको कडाइ

काठमाडौं। भारत र पाकिस्तानबीच अघोषित युद्ध सुरु भएसँगै नेपालले सीमा क्षेत्रमा कडाइ गरेको छ। क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षामा कडाइ गरिएको हो।

सशस्त्र प्रहरी बल नेपालका टोलीहरू भारतर्फको सीमा क्षेत्रमा परिचालित छन्। सशस्त्र प्रहरीले १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेर जाँच गरिरहेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा गस्ती गरिएको छ।

वैशाख २३ गते बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको हो।

सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सीमा क्षेत्रबाट आउजाउ गर्नेहरूमाथि निगरानी बढाइएको छ। शंकास्पद व्यक्ति आउजाउ गरेको पाइए सोधपुछ र अनुसन्धान गर्ने गरिएको छ।

पूर्वमा झापाका विभिन्न नाका, मोरङको विराटनगरलगायत सीमा क्षेत्र र अन्य नाकाहरूमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *