चट्याङले उदयपुरमा बालकको मृत्यु

उदयपुर। चट्याङ लागेर उदयपुरको कटारी नगरपालिका-८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको छ।

सोमबार दिउँसो बाख्रा चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो।

बेलुकीपख मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *