घट्यो इन्धनको मूल्य
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।
यस्तै, एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएकोनिगमले जनाएको छ। एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ।
यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२, दोस्रो वर्गमा १४४, तेस्रो वर्गमा १४५ कायम गरिएको छ। हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको निगमले जनाएको छ।
प्रतिक्रिया
