‘शिक्षा मन्त्रालय जाँदै थियौं, विशेष कारणले फर्कियौं’
काठमाडौँ। नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग औपचारिक भेट गर्ने कार्यक्रम रद्द भएको जनाएको छ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भेटका लागि मन्त्रालय जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको बताएका छन्। ‘विशेष कारण’ के हो भन्ने महासंघ अध्यक्ष सुवेदीले खुलाएका छैनन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा यो जानकारी सार्वजनिक गरेका हुन्। शिक्षामन्त्री पन्तले आजै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
अध्यक्ष सुवेदीले लेखेका छन्–
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियो तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’


महासंघ अध्यक्ष सुवेदीको नेतृत्वमा शिक्षामन्त्री भेट्दै शिक्षक-कर्मचारी टोली
