झापाको बुद्धशान्तिमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना सहचालकको मृत्यु भएको छ। बिरिङ खोलाबाट भेटेटार गाउँतिर जाँदै गरेको प्रदेश १–०१–००१ त ८३३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार दुर्घटनामा ट्याक्टरका सहचालक बुद्धशान्ति–१ का २४ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो।

ट्याक्टरको डालाले किचेर गम्भीर घाइते भएका गुरुङलाई प्रदेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा चिकित्सकले करिब १ घण्टापछि मृत घोषणा गरेका हुन्। ट्याक्टर चालक बुद्धशान्ति–१ का ३४ वर्षीय गणेश गुरुङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *