आफ्नै स्कुलकी छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
संखुवासभा। आफ्नै स्कुलको छात्राबासमा बस्ने नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
खाँदबारी नगरपालिका–१ स्थित सूर्य सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक विवेक खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३१ वर्षीय खत्री संखुवासभाको चैनपुर नगरपालिका–३ सिद्धकाली निवासी हुन्।
स्कुलको छात्राबासमा बस्दै आएकी एक विद्यार्थीलाई आफू सुत्ने कोठामा बोलाएर खत्रीले यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाकाम निमित्त प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार सोही उजुरीका आधारमा खत्रीलाई पक्राउ गरिएको हो।
पीडित बालिकाले नै प्रहरीमा उजुरी दिएकी थिइन्। जिल्ला अदालत संखुवासभाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको लामिछानले जानकारी दिए।
प्रतिक्रिया
