राप्रपा अध्यक्ष लिङ्देनसहित सबै रिहा
काठमाडौं । प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले छाडेको छ। प्रहरीले अध्यक्ष लिङ्देन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएका उनीहरु सबै रिहा भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। आइतबार सिंहदरबारभित्र प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने घोषणा नै गरेर प्रदर्शन गरेको थियो । गत चैन १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको छानबिनका लागि न्यायिक समिति गठन, पक्राउ परेका राप्रपा नेताहरूको रिहाइलगायत माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।
प्रतिक्रिया
