घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इण्डियन आयल कर्पाेरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्य भारतबाट पेट्रोलमा ३.१५ रुपैयाँ र डिजेलमा २.६२ रुपैयाँले मूल्य घटेर आएको जनाइएको छ।
त्यसअनुसार साविकको मूल्यमा प्रति लिटर पेट्रोल र डिजेलमा ३ रुपैयाँले घटाइएको निगमले जनाएको छ। निगमले आज मंगलबार मध्यरातदेखि लागू हुनेगरी नयाँ मूल्य लागू हुने बताएको छ।
भारतबाट इन्धनको मल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
प्रतिक्रिया
