संखुवासभामा चट्याङले एकै परिवारका ४ जना घाइते

संखुवासभा। खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङले लागेर एकै परिवारका ४ जना घाइते भएका छन्।

हावाहुरी तथा पानीसँगै सोमबार साँझ परेको चट्याङले स्थानीय कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, बुहारी बबिता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए।

घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको जानकारी बस्नेतले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *