मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, दम्पती घाइते

विराटनगर। मोरङको ग्रामथानमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ। सोमबार बेलुका भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दम्पती घाइते भएका छन्।

ग्रामथान गाउँपालिका–६ सोमबारेस्थित घिनाघाट सडकमा को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए।

पैदलयात्रीलाई ठक्करपछि अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ४५ वर्षीय शशि गच्छदार र पछाडि बसेकी उनकी पत्नी ३५ वर्षीया मनिका गच्छदार घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *