उदयपुरका युवकको मकवानपुर दुर्घटनामा मृत्यु

उदयपुर। मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित खरङ्गा भन्ने ठाउँमा बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मृत्यु भएको छ। काठमाडौँबाट उपचार गरेर घर फर्किँदै गरेका त्रियुगा नगरपालिका–२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो ।

उनी बसमा आइरहेका थिए। रोकिएको स्थानमा शौचालय जान ओर्लिएका प्रधानलाई विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *