कटारीको इलाका प्रशासन आफ्नै भवनमा

उदयपुर। उदयपुरको कटारीस्थित इलाका प्रशासन कार्यालय आफ्नै भवनमा सरेको छ। यसअघि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएकामा अबदेखि आफ्नै नयाँ भवनबाट सेवा सुरु गरिएको हो।

कार्यालयकी उपसचिव कोपिला राईका अनुसार सोमबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको हो।

कटारीमा २०६९ चैतमा स्थापना भएको इलाका प्रशासन कार्यालयको भवन वडा ३ गौंथली चोकमा नवनिर्मित भवनमा सरेको हो। यसअघि कटारी–४ जहडीस्थित एक घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो।

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्दा सहज हुने उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम लुईंटेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *