शिक्षकहरूको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यवद्धता

काठमाडौं। शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गर्दै आएका छन्।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सार्दै उनीहरु पछिल्लो पटक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय छन्। यसअघि पनि पटकपटक आन्दोलन गरेको तर सरकारले पहिले गरेको सहमतिअनुसार काम नगरेको भन्दै शिक्षकहरु असन्तुष्ट बनेका हुन्।

पार्टीले आज सोमबार विज्ञप्ति जारी गर्दै सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गरी माग पूरा गर्न सरकारसँग माग पनि गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच ५ असोज २०८० र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गर्दछ। यस विषयलाई प्राथमिकतामा राखि विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकार सहित सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गर्दछौं।’

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको आन्दोलनको पक्षमा उभिन सर्वसाधारणसँग आह्वान समेत गरिएको छ।

शिक्षक महासंघसँग ५ र ६ बुँदे सहमति भएको स्मरण गराउँदै माओवादी केन्द्रले उक्त सहमति अनुसारको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नुलाई निन्दनीय भनेको छ।

कालो मास्क लगाएर सडकभरि शिक्षक


प्रतिक्रिया

One thought on “शिक्षकहरूको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *