शिक्षकहरूको माग सम्बोधन गर : कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत् शिक्षकहरुका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। माग सम्बोधन गर शिक्षकहरु काममा फर्किने वातावरण बनाउन उनको आग्रह छ।

कोइरालाले भनेका छन्, ‘सरकार र महासंघबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखी नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिएका छन्।

महासंघले माग पूरा गर्न सरकारले बेवास्ता गरेको भन्दै चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेको छ। शिक्षकहरु एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने अडानमा छन्।

देशभर ‘शैक्षिक हडताल’ घोषणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *