शिक्षक आन्दोलन : आइतबार सिट्ठी जुलुस
विराटनगर। देशभरका शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिने क्रममा आइतबार सिट्ठी जुलुस प्रदर्शन गर्ने भएका छन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशेर सुवेदीका अनुसार चैत २४ गते आन्दोलनअन्तर्गत सिट्ठी जुलुस गर्ने तय भएको हो।
आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरुलाई सिट्ठीसहित बिहान ११ बजे काठमाडौंको माइतघरमा भेला हुन अध्यक्ष सुवेदीले आग्रह गरेका छन्।
विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने लगायत मागसहित देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर सडक आन्दोलन गरिरहेका छन्।
सरकारले पटक पटक वार्ताका लागि बोलाए पनि यसअघि गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट बनेका शिक्षकहरुले वार्तामा नबस्ने अडान लिँदै आएका छन्।
आन्दोलनरत् शिक्षकहरूद्वारा कार्यवाहक प्रधानमन्त्रीको वार्ता आग्रह अस्वीकार
प्रतिक्रिया
