बिर्तामोड युनाइटेड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा
धनकुटा। डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेड झापा धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोलले हराउँदै झापा सेमिफाइनलमा पुग्न सफल भएको हो।
झापाका अभिषेक गुरुङले पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा टिमका लागि पहिलो गोल गरे। खेलको ५८ औं मिनेटमा झापाका विशाल भण्डारीले गोल गरे।
यस्तै, खेलको ६३ औं मिनेटमा झापाका गिल्सन कन्दङ्वाले गरे। ६६ औं मिनेटमा भने झापाका सुवास पोयाङ्बुले आत्माघाती गोल गरेका थिए।
आजको खेलको म्यान अफ दि म्याच झापाका गिल्शन कन्दङ्वा घोषित भए। उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतिक्रिया
