घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। उक्त मूल्य मंगलबारदेखि लागू हुनेछ ।

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर मूल्य ४५ पैसा बढेर आएको थियो। डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

सोहीअनुसार पेट्रोलको मूल्यमा घटबढ नभए पनि डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *