चैनपुरमा २ वटा शंकास्पद वस्तु फेला, बम भएको शंका

विराटनगर। संखुवासभाको चैनपुरमा सोमबार बिहान दुई वटा शंकास्पद वस्तु फेला परेको छ। चैनपुर नगरपालिका–६ मा नगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्ने क्रममा ती शंकास्पद वस्तु फेला परेको हो।

द्वन्द्वकालमा सप्रबल सुरक्षा बेस चैनपुर रहेको स्थानमा चैनपुर नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनााएको छ।

संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार गडीडाँडा जाने बाटोको बाँयापट्टि तारसहित जमिनमा गाडिएको अवस्थामा ती वस्तु फेला परेको हो। बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *