उदयपुरको असारे क्षेत्रमा ठूलो परिमाण गाँजा भेटियो

उदयपुर। बेलका नगरपालिका-६ असारे क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ८९१ किलो गाँजा बरामद गरेको छ। गाँजा लुकाएर राखिएको सूचना पाएपछि पुगेको टोलीले शनिबार बेलुका उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्याकेट बनाएर प्लास्टिकले बेरेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ। गाँजा कसले त्यहाँ राखेको हो भन्ने खुलिसकेको छैन। स्थानीय बासिन्दासँग सोधपुछ र सम्भावित कारोबारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उक्त क्षेत्र गाँजा कारोबारीहरुको चहलपहल हुने स्थान भएकाले प्रहरीले निगरानी बढाएको छ। पहाडी क्षेत्रबाट गाँजा ल्याएर सोही स्थान हुँदै तराईतिर अनि भारतका सहर समेत पुर्याउने गरिएको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *