होटलमा तास खेलिरहेका ८ जना पक्राउ

विराटनगर। मोरङको बेलबारीस्थित एउटा होटलमा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ। बेलबारी नगरपालिका–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार होटलमा तास खेलिरहेको सूचना पाएपछ िइलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले शनिबार बेलुका होटलमा छापा हानेको थियो।

त्यस क्रममा प्रहरीले बेलबारी–१० का ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खालाई पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी पुग्नासाथ होटल सञ्चालक सन्तोष याक्खा भागेका थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *