निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुला

काठमाडौं। शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निम्न माध्यमिक तहमा शिक्षक पदको लागि आवेदन खुला गरेको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक छनोट गरिने आयोगले जनाएको छ। सातै प्रदेशका लागि फरक फरक संख्यामा शिक्षकहरु माग गरिएको छ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, शारीरिक शिक्षा, संस्कृत व्याकरण, संस्कृत भाषा लगायत विषयका लागि शिक्षक मदमा आवेदन खुला गरिएको छ।

आयोगले सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको जनाएको छ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सक्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *