टेम्पो चोरी गरी फरार खाँदबारीका युवक पक्राउ
संखुवासभा। खाँदबारी नगरपालिका–८ विष्णेधारा टोलमा पार्किङ गरिएको टेम्पो चोरीका अभियुक्त पक्राउ परेका छन्। उक्त स्थानमा राखिएको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको आरोपमा १८ वर्षीय हरि मंग्रातीलाई पक्राउ गरिएको हो।
खाँदबारी–९ का मंग्रातीले हिराधन राईको घर अगाडि रोकेर राखिएको टेम्पो गत भदौ ५ गते चोरी गरेको प्रहरीले जनाएको छ। उक्त कसुरमा संखुवासभा जिल्ला अदालतले ३ महिना ९ दिन कैद सजाय तोकेको थियो।
घटनापछि उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार उनको खोजी भइरहेको थियो। त्यस क्रममा उनलाई तुम्लिङटारबाट पक्राउ गरिएको हो। पक्राउपछि अदालत हाजिर गरिएका उनलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश भएको उनले बताए।
प्रतिक्रिया
