पाठकमाझ आयो पोखरेलको समालोचना संग्रह ‘समदृष्टि’

विराटनगर। साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह सार्वजनिक गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो।

उक्त कृतिमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरलादेखि भूपी सेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समालोचना गरेका छन्।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७औँ कृतिका रुपमा प्रकाशित ‘समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए। उनले समालोचना गर्नु अरु साहित्य लेखेको जस्तो सजिलो नहुने बताए।

लेखक पोखरेलले आफूले निकै मेहेनत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिए। पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष समेत हुन्।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्रा.डा. देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुङ्गेल, प्रा. डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्ण भण्डारी मार्सेली, साहित्यकार एनपी आचार्य, प्रा. डा. मेदिनी प्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *