चट्याङले संखुवासभामा ४२ वटा भेडा मरे

संखुवासभा। संखुवासभामा वर्षासँगै परेको चट्याङले लागेर ४२ वटा भेडा मरेका छन्। मकालु गाउँपालिका–३ का टेकबहादुर मेघी गुरुङले पालेका भेडालाई चट्याङ लागेको थियो।

प्रहरीका अनुसार उनको भेडीगोठमा शुक्रबार राति करिब ११ः३५ बजेतिर चट्याङ परेको थियो। मेघीले २५० वटा भेडा पालेका थिए। संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार भेडीगोठमा रहेकामध्ये चट्याङले लागेर ४२ वटा भेडा मरेका छन्।

चट्याङले भेडा मर्दा करिब ८ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *