घाँस काट्दा रुखबाट लडेर मृत्यु

संखुवासभा। घाँस झार्ने क्रममा काभ्रोको रूखबाट लडेर संखुवासभाको खाँदबारीमा शनिबार एक जनाको मृत्यु भएको छ। खाँदबारी नगरपालिका–१० हेलुवाका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको हो।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार राई घाँस काट्नलाई घर नजिक रहेको काभ्रोको रूपमा चढेका थिए। घाँस काट्ने क्रममा रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो। उपचारकै क्रममा राईको मृत्यु भएको डीएसपी बस्नेतले बताए। शव खाँदबारी अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *