पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै सडकमा सुतेर विरोध

काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ ले सडकमा सुतेर विरोध जनाएका छन्।

काठमाडौंको माइतीघरस्थित सडकमा सुतेर बुधबार उनीहरुले विरोध जनाएका हुन्। केबलकार निर्माणको विरोधमा उनीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

गृह मन्त्रालयले ‘नो केबलकार समूह’ लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन भएपछि उनीहरु अझै विरोधमा छन्। सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै केही महिनायता आन्दोलन भइरहेको छ।

आन्दोलनका क्रममा ताप्लेजुङको पाथीभरा क्षेत्र, फुङलिङ, झापालगायत स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग पटकपटक झडप समेत हुँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *