मोरङको मिक्लाजुङमा क्रान्तिकारी र अखिलको प्यानल विजयी
विराटनगर। मोरङको मिक्लाजुङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ।
स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित भएका छन्। उनले ७१ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका हेलिन आचार्यले ६० मत प्राप्त गरे।
सचिव पदमा राम थापा, कोषाध्यक्षमा विविका आचार्य निर्वाचित भएका छन्। सदस्य पदमा गुरु काफ्ले, अम्बिका राउत, र राजन राई विजयी भएका छन्।
मिक्लाजुङ क्याम्पसमा यसपटक अखिल क्रान्तिकारी र अनेरास्ववियुले गठबन्धन गर्दै संयुक्त प्यानल बनाएका थिए।
प्रतिक्रिया
