उदयपुरको चौदण्डीगढीमा ३ घर जले
उदयपुर। उदयपुरको चौदण्डीगढीमा आज मंगलबार अपराह्न आगलागी हुँदा तीन वटा घर जलेर भएका छन्।
चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित पारुहाङ चोकमा आगलागी भएको हो।
प्रहरीका अनुसार आगोले जलेर तीन वटा घर नष्ट भएका छन्। स्थानीय शरण राईको घरमा बिजुली सर्ट भइ आगलागी सुरु भएको थियो।
उनको घरबाट फैलिएको आगोले छिमेकीहरु सर्बधन राई र कालुमान राईको घर पनि जलेको प्रहरीको भनाइ छ। क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।
प्रतिक्रिया
