एसईई केन्द्राध्यक्ष गोलाप्रथाबाट तोक्ने अडान, शिक्षक संघको आपत्ति

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिनु हास्यास्पद र दोषपूर्ण रहेको नेपाल शिक्षक संघ मधेश प्रदेश समितिले टिप्पणी गरेको छ।

शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी मुख्यमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई स्वच्छ, निष्पक्ष, मर्यादित र भय रहित वातावरणमा परीक्षा सञ्चालन गर्ने चाहना रहँदारहँदै पनि मधेश प्रदेश सरकारले नियमविपरीत परीक्षा सञ्चालन गर्न खोज्नु हास्यापद र दोषपूर्ण रहेको उनीहरुको भनाइ छ।

राष्ट्रिय परीक्षा बोर्ड एसईई सञ्चालन निर्देशिकाअनुसार परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षकहरुको व्यवस्था रहेको कुराको हेक्का नराखी परीक्षाको मुखमा गोलाप्रथाद्वारा केन्द्राध्यक्ष चयन गरिने भनी माध्यमिक शिक्षा परीक्षा जस्तो सम्वेदनशीलतालाई नजरअन्दाज गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेश सरकारको यस्ता गैर जिम्मेवारी क्रियाकलापको घोर भर्त्सना गर्दछौं।’

मुख्यमन्त्री सिंहले ‘केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने नत्र एसईईको कामबाट बाहिरिने’ चेतावनी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *